काठमाडौ । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले ACCA एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्ट् मा अध्ययनरत १९ वर्षीय रिया मानन्धरले ९८ प्रतशित ल्याई वल्र्ड टपर बन्न सफल भएकी छन् । उनले ट्याकसेसन पेपरमा वल्र्ड टप गरेकी हुन् ।
ACCA कार्यक्रम बिश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छींटों बढरिहेको अन्तराष्ट्रयि लेखा निकाय हो । बिश्वका १७९ देशमा यो बर्ष अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् । बिश्व भरका लाखौँ विद्यार्थीहरूलाई पछी पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् ।
ACCA प्रोग्राम म्यानेजर दपिेन्द्र के श्रेष्ठले उनको तारफि गर्दै भने, “हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विद्यार्थीहरूका लागी यो गर्वको कुरा हो । हामी नियमित रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौँ । त्यस्तै रिया हाम्रो कलेजको दोस्रो बिश्व टपर हुन् । अन्य विद्यार्थीहरूले पनी उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं।”
रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै भनीन “बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो। वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लनिे योजना बनाएको थिईन् । मलाई यस विषयप्रती पुर्ण आत्मवश्विास पनी थिएन् । यद्यपी संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो । उनीहरूकै साथ र सहयोगले मैले वल्र्ड टपर हुने अवसर पाए ।”
नेपाली चार्टर्ड एकाउन्टेन्ट परीक्षाको सट्टामा ACCA नै पढ्ने निर्णय किन गरीन भनी सोध्दा उनले जबाफ दिँदै भनीन् “एसीसीएले नेपालका विद्यार्थीहरूलाई राष्ट्रयि रूपमा मात्रै नभई अन्तर्राष्ट्रयि स्तरमा पनी उत्तीर्ण करअिर बनाउन सहयोग गर्छ । सोही कारण पनी मैले एनसएको सट्टा ACCA रोजेकी हुँ । अन्तर्राष्ट्रयि रुपमा प्रतस्पिर्धा गर्नसमेत यो बिषयले मलाई सक्षम बनाउँछ ।”
हाल ब्रिटिश प्रोफेसनल कलेजमा ACCA मा भर्ना खुलरिहेको छ । ब्रिटिश प्रोफेसनल कलेज ब्रटिश कलेजको सिष्टर संस्था हो । काठमाडौंस्थित द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल UAE को दुवई र युकेमासमेत गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्