×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा, स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा, स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि सोमबार बालाजु, नयाँँ बसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “यी नयाँँ स्टोरहरु खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।”
यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।
यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मि को ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी