×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२७ प्रतिशत लाभांश पारित गर्न एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२७ प्रतिशत लाभांश पारित गर्न एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार 

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । २७% लाभांश पारित गर्न एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज शुक्रबार (माघ २१ गते) हुँदैछ। कम्पनीले सभा एसियन लाइफ भवन, मैतीदेवी काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।
उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । कम्पनीको ५१% स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभाका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरिसकेको छ । माघ ११ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: