×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स पावरको पाँचौं वार्षिक साधारणसभा शनिबार हुँदै, यस्ता छन् पेस हुने एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पिपुल्स पावरको पाँचौं वार्षिक साधारणसभा शनिबार हुँदै, यस्ता छन् पेस हुने एजेण्डाहरु

Artha Sarokar

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पिपुल्स पावर लिमिटेडको पाँचौं वार्षिक साधारणसभा भोलि शनिबार हुँदैछ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे देखी भर्चुअल माध्यमबाट सुरु गर्ने जनाएको हो  ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७/७८ को वार्षिक हिसाब, नगद प्रवाह, नाफा नोक्सानलगायतका वित्तीय विवरणमाथि छलफल गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी