काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको अरुण काबेली पावरको सेयर बिक्री गर्न लागेको हो । अरुण काबेलीको नाममा रहेको २२ लाख ३२ हजार ७५० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
सो सेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।