×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन प्रवद्र्धनका लागि युवाले गरे प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि बेलढङ्गासम्मको पदयात्रा

PRIME CA

पर्यटन प्रवद्र्धनका लागि युवाले गरे प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि बेलढङ्गासम्मको पदयात्रा

१५ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बागलुङ । बागलुङको पर्यटन प्रवद्र्धनका लागि यहाँका युवाले प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढङ्गासम्म पदयात्रा गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका १२ युवाको समूहले दुई दिने पदयात्रा सुरु गरेका हुन् ।
बागलुङ नगरपालिका–६ पञ्चकोटबाट शनिबार सुरु भएको यात्रा आज काठेखोला गाउँपालिका–३ को बेलढङ्गामा पुगेर सकिने यात्रामा सहभागी प्रेम केसीले बताउनुभयो । पञ्चकोट–बेलढुङ्गा पदमार्गमा पर्ने संसारकोट, थाप्ले, गुनगुनेको धुरी, दारेगौँडालगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि पदयात्रा गरिएको उहाँको भनाइ छ ।
काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको पुष्पाञ्जलि ग्रामीण विकास केन्द्रले शिवरात्रिको अवसर पारेर पद्यात्राको आयोजना गरेको थियो । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय क्षेत्र समेटिएको पञ्चकोट–बेलढुङ्गा पदमार्गको प्रचारका लागि पदयात्रा गराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताउनुभयो ।
केन्द्रले गतवर्ष थाप्लेको धुरीमा सात देशका झण्डा राखेर पर्यटकलाई निम्ता दिएको थियो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: