×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुस् है ! बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आइपीओ बिक्रीमा ल्याउँदै, १ लाख कित्तासम्म भर्न पाइने…!

PRIME CA
GLOBAL IME BANK

पैसा ठिक पार्नुस् है ! बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आइपीओ बिक्रीमा ल्याउँदै, १ लाख कित्तासम्म भर्न पाइने…!

२० माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ । यसमा छिटोमा फगुन १२ गतेसम्म र ढीलोमा फागुन २७ गतेसम्म आइपीओ खुला रहनेछ । १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले सिन्धुपाल्चोकस्थित कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लक्ष्मी बैंककोे खाडीचौर र चौतारा शाखाबाट पनि आइपीओ भर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: