×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने स्थान थपियो, तपाईंहरुको पायक पर्ने ठाउँ कता ? (सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने स्थान थपियो, तपाईंहरुको पायक पर्ने ठाउँ कता ? (सूचीसहित)

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने स्थान थप गरिएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा, र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सकिने जनाएको हो ।
यस्तै, यसअघिनै उल्लेख भएको कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर र चौतारा शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा फगुन १२ गतेसम्म र ढीलोमा फागुन २७ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १०५ सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: