×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : बैंकर्स संघको भद्र सहमति तोडियो, अधिकांश बैंक ब्याज बढाउने तयारीमा !

अर्थ सरोकार

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार

PRIME CA

Breaking : बैंकर्स संघको भद्र सहमति तोडियो, अधिकांश बैंक ब्याज बढाउने तयारीमा !

काठमाडौँ । केहि समय अघि मात्रै ब्याजदर नबढाउने सहमति गरेका बैंकहरुले अन्ततस् ब्याजदर बढाउने भएका  छन् । वाणिज्य बैंकहरुले बैंकर्स संघको भद्र सहमति तोड्दै ब्याज बढाउने तयारी गरेको पाइएको हो । नियामक नेपाल राष्ट्र बैंकलेसमेत सहमति तोडेरै अगाडि बढ्ने विषयमा ग्रीन सिग्नल दिएपछि अब अधिकाशं वाणिज्य बैंकहरुको ब्याजदर बढ्ने निश्चितिप्राय भएको छ ।

यसअघि ब्याजदर बढाएर मात्र निक्षेप नआउने भन्दै बैंकहरू ब्याजदर नबढाउने निष्कर्षमा पुगेका थिए । तर अहिले ब्याजदर नबढाई निक्षेप नआउने निष्कर्ष निकालेर बैंकहरु ब्याज बढाउने तयारीमा पुगेका हुन् । गत कात्तिकदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अघिल्लो महिनामा आफ्नो वर्गका सबै बैंकको औसत ब्याजदरको अधिकतम १० प्रतिशतसम्म मात्र बढाउन पाउने व्यवस्था गरेको थियो ।

तर नियामकले पनि ब्याज बढाए फरक पर्दैन भन्ने आशय दिएपछि बैंकहरुले ब्याज बढाउने भएका हुन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: