×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्ट प्रकरण : धितोपत्र बोर्डका पूर्वअध्यक्ष ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

PRIME CA
GLOBAL IME BANK

सर्वोत्तम सिमेन्ट प्रकरण : धितोपत्र बोर्डका पूर्वअध्यक्ष ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहिबार न्यायधीशहरु मिरा खड्का, डा. आनन्द मोहन भट्टराई र हरि प्रसाद फुयालको पूर्ण इजलाशले ढुंगानाको रिटमा अन्तरिम आदेश नहुने आदेश दिएको हो ।
यससंगै उनी बोर्डमा फर्कने सम्भावना सकिएको छ । सर्वोत्तम सिमेन्टको ओटीसी बजारमार्फत् छोरीका नाममा सेयर किनेपछि विवादमा तानिएका ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । जसकोविरुद्धमा सर्वोच्च अदालतमा ढुंगानाले रिट दर्ता गरेका थिए । यता बिहिबार नै सेबोनको अध्यक्षमा सरकारले रमेश हमाललाई नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: