×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको ७ लाख ५५ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, चैत ९ गतेसम्म आवेदन दिन सकिने…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूको ७ लाख ५५ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, चैत ९ गतेसम्म आवेदन दिन सकिने…!

Artha Sarokar

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बैंक अफ काठमाण्डूले ७ लाख ५५ हजार ९४० कित्ता संस्थापक सेयर बुधबारबाट लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले छिमेकको सेयरमा न्यूनतम ६०० रुपैयाँ र आरएमडीसीको सेयरमा न्यूनतम ५२० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस्तै यसमा विभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् । यसमा चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । २ वटै कम्पनीको लिलामी आवेदन बिओको क्यापिटल नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी