×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोटलर्स नेपालका दुवै कम्पनीले गरे दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, कसको वित्तीय अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बोटलर्स नेपालका दुवै कम्पनीले गरे दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, कसको वित्तीय अवस्था कस्तो ?

Artha Sarokar

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (बालाजु) ले ३५ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने बोटलर्स नेपाल (तराई) ले ३० करोड २२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बोटलर्स नेपाल (बालाजु) ले सञ्चालन आम्दानी ३ अर्ब ६० करोड ९५ लाख रुपैयाँबाट बढाएर ४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ पुर्याएको जनाएको छ । हाल यसको चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ४ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी बढेर वार्षिक ३३९ रुपैयाँ कायम भएको छ । गत वर्ष भने प्रतिसेयर १५ रुपैयाँ ऋणात्मक रहेको छ ।
यता बोटलर्स नेपाल (तराई) ले सञ्चालन आम्दानी बढाएर ३ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर वार्षिक ५०० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २ हजार ४८६ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी