×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्धवाषिर्क समीक्षा : अर्थमन्त्रीले घटाए बजेटको आकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्धवाषिर्क समीक्षा : अर्थमन्त्रीले घटाए बजेटको आकार

Artha Sarokar

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले अर्धवाषिर्क समीक्षामार्फत बजेटको आकार घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरी घटाएका हुन् । अर्थ मन्त्रलायका अनुसार चालु आवमा १५ खर्ब ४६ अर्ब २८ करोड रूपैयाँ मात्र खर्च हुनेछ ।
अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ भने पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।
अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो ।
कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुशको विनियोजनको ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी