×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद्को बैठक बस्दै !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद्को बैठक बस्दै !

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: