×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याप्पी आवरसहितका ३ क्यासिनो सन्चालकले बुझाएनन् ४६ करोड रुपियाँ बक्यौता, रकम दाखिला गर्न सात दिने अल्टिमेटम

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

ह्याप्पी आवरसहितका ३ क्यासिनो सन्चालकले बुझाएनन् ४६ करोड रुपियाँ बक्यौता, रकम दाखिला गर्न सात दिने अल्टिमेटम

काठमाडौं । ३ क्यासिनो सन्चालकलाई क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन सात दिनको अल्टिमेटम दिईएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले क्यासिनो सन्चालक ह्याप्पी आवर, रक इन्टरनेशनल र सेन्ट्रल मिडिया प्रालिलाई सात दिनभित्र बाँकी बक्यौता रकम बुझाउन अल्टिमेटम दिएको हो ।
ह्याप्पी आवरले २१ करोड ५५ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको विभागले जनाएको छ । यो रकम आर्थिक वर्ष २०७६/०७७ सम्मको हो । सात दिनभित्र बक्यौता रकम दाखिला नगरे कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: