ललितपुर । सिटिजन्स बैंकले ललितपुर जिल्लाको बाग्मती गाउँपालिका, सुबानेमा माघ २२ गते (शनिबार) बाट ९१औँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
शाखारहित बैंकिङको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जासमेत वितरण गरेको छ ।
जसबाट आगामी दिनमा उक्त क्षेत्रका बासिन्दाले अझ बढी फाइदा लिन सक्ने आशा बैंकले गरेको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत सेवा बैंकले प्रदान छ । बैंकले देशभर १७४ वटा शाखा, १२३ वटा एटिएम र ९१ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्