×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याज बढाउने बैंकर र सेयर लगानीकर्ताबीचको क्रिकेट प्रतियोगितामा लगानीकर्ताको जीत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

ब्याज बढाउने बैंकर र सेयर लगानीकर्ताबीचको क्रिकेट प्रतियोगितामा लगानीकर्ताको जीत !

फाल्गुन १ गतेबाट लागु हुने गरी ब्याज बढाएका बैंकरहरु र सेयर लगानीकर्ताहरुको टिमबीच मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न भएको छ । हात्तिबनस्थित  ग्रेट हिमालयन एकेडेमीको आयोजनामा सम्पन्न भएको सो इन्डोर प्रतियोगितामा निर्धारित १६ ओभरमा बैंकर रथा कर्पोरेटको टिमले १४३ रनको टार्गेट दिएका थिए ।
सो टार्गेट पछ्याएको सेयर लगानीकर्ता समूहले १५ ओभरमा टार्गेट पूरा गरी जित हाँसील गरेको हो ।
सेयर लगानीकर्ताहरुको टिमको क्याप्टेन चर्चित सेयर लगानीकर्ता हरि ढकाल हुन् ।
जीतपछि प्रतिक्रिया दिंदै उनले ब्याज बढाउनेहरु र बढेको ब्याजसँग नडराई मैदानमा उत्रिने सेयर लगानीकर्ताहरुले ढिलै भएपनि जित्ने बताएका छन् । ‘अहिलेको बजार पनि हाम्रो म्याच जस्तै हो । ब्याज बढाउने र बढेको ब्याजसँग नडराई अन्तिमसम्म खेल खेल्न सके लगानीकर्ताहरुको जित निश्चित छ। ‘ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: