काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा ४९३.१९% को छलाङ मारेको छ । कम्पनीले २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ३०.६०% ले बढेर ५ करोड १६ लाख पुगेको छ भने १ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्ष २ करोड ८६ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । यस्तै पुस मसान्तसम्म ६२ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीको रिजर्भ कोषमा १० करोड ५३ लाख रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ७२ पैसाबाट बढेर ६१ रुपैयाँ ४५ पैसा (बार्षिक) कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्