Skip to content
LAXMI SUNRISE BANK

डिशहोम फाईवरनेटको सह–वितरण सोरुम जोरपाटीमा पनि, ग्राहकहरुलाई यस्ता सेवाहरु दिने

अर्थ सरोकार

काठमाडौं । नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौंको जोरपाटीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । माघ १९ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन दीपा ईम्पेक्सले गर्नेछ ।
सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दीपा ईम्पेक्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।
१५ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दीपा ईम्पेक्सले अव अझ बढी ग्राहकको माझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा ईम्पेक्सका संचालक सुवास तिमिल्सीनाले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK