काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले गर्नेछ ।
सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थिति रहेको थियो भने मार्केटीङ्ग डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर त्यस्तै सि. एम. ट्रेङ्गिङको तर्फ बाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिती रहेको थियो ।
विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ईलेक् ट्रोहोम डिटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
२ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्र्कले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्