Skip to content
LAXMI SUNRISE BANK

धनगढीमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन

अर्थ सरोकार

धनगढी । धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरीएको हो ।

सो सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फवाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको श्री कृष्ण ईन्टेरप्राईजेजले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने श्री कृष्ण ईन्टेरप्राईजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK