×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती र फोनपे बीच सम्झौता, अब खल्तीका सबै प्रयोगकर्ताले फोनपेको क्यूआरमार्फत सेवा प्रयोग गर्न सक्ने (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

खल्ती र फोनपे बीच सम्झौता, अब खल्तीका सबै प्रयोगकर्ताले फोनपेको क्यूआरमार्फत सेवा प्रयोग गर्न सक्ने (भिडियो)

काठमाडौँ । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गर्नु भयो । सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका सबै प्रयोगकर्ताहरुले फोनपेको क्यूआर मार्फत सेवा प्रयोग गर्न सक्नेछन् । । सम्झौता कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सापकोटाले खल्तीसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सिइओ सापकोटाले भन्नुभयो,‘ फोनपेका लागि खल्तीसँग सहकार्य गर्न पाउँदा ठूलो उपलब्धी गरेको छ । फोनपेले विगत दुई वर्ष देखि जुन नेटवर्क बनाएका छौँ । यस अगाडी नै ५९ सदस्यहरु यो प्रणाली जोडिनु भएको छ । १७ लाख ग्राहकलाई फोनपेले सर्भिस दिइरहेको छ । अहिले फोनपेले जुन ब्राण्ड बनाएको छ । त्यसको मुख्य प्राथमिकता भनेकै ग्राहकको सर्भिस रहेको छ । त्यस्तै फोनपेका अन्य अन्य सदस्यहरुलाई दैनिक रुपमा फोनपे प्रयोग गरेर व्यापारलाई अगाडि बढाउने प्राथमिकता रहेको छ । आज जुन खल्तीसँग सम्झौता भएको छ । फोनपे अझ ठूलो दायरामा पुगेको छ । पछिल्लो समय हामीले निरन्तर रुपमा विभिन्न वालेटहरुसँग सहकार्य बढाउँदै लगेका छौँ । खल्तीसँगको सहकार्य प्रमुख माइलस्टोन हो । हामी सबैको मुख्य उद्देश्य भनेकै नेपालमा क्यासलेस बनाउने हो । यो अवधारणा स्थापित गर्नको लागि पनि सहकार्य बढाउँदै गएका छौं ।’
त्यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ बिनय खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताउनु भयो । उहाँले फोन पेसँगको यो सहकार्य नयाँ यात्राको शुरुवात भएकाले फोन पेसँगको सहकार्यले खल्तीका लाखौं ग्राहक लाभान्वित हुने बताउनु भयो । खड्काले फोन पेसँगको सम्झौता पछि खल्तीका २० लाख ग्राहकहरुले फोनपेको क्युआर मार्फत भुक्तानी गर्नपाउने बताउनु भयो ।
प्रमुख कार्यकारी अधिकृत खड्काले भन्नुभयो,‘फोनपेसँग सहकार्य गर्न पाउन खुसी लागेको छ । जहाँ फोनपेसँग १५ लाख भन्दा बढी नै ग्राहक रहेका छन । अहिले बजारमा खल्ती आफू मात्रै नआएर यसले आफ्नो महत्वलाई समेत लिएर बजारमा आउँदै छ । खल्तीले फोनपेमा २० लाख भन्दा बढी ग्राहक ल्याउँदै छौँ । अब खल्ती ग्राहकलाई क्युआर कोर्डमार्फत भुक्तानी गर्न सक्ने बनाएका छौँ । यो सहकार्य फोनपे र खल्तीको मात्रै कुरा नभएर डिजिटल नेपालको अभियानको कुरा रहेको छ । पछिल्लो समय बजारको आवश्यकता र बजारमा क्यासलेस समाज बनाउने राष्ट्र बैंकको अवधारणा रहेको छ । त्यसको लागि फोनपे र खल्तीको सहकार्य कोषे ढुङगा सावित हुने छ । छोटो समयमा नै फोनपेसँग सहर्काय गर्न सकेका छौँ ।’
खल्तीका ग्राहकले फोन पेसँगको सम्झौतासँगै फोन पेको जुन ठाउँमा क्यूआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् । दुई वर्षअघि स्थापना भएको फोन पेमा अहिले ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी रहेका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन् । त्यस्तै फोन पेमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । त्यस्तै, सन् २०१७ मा स्थापना भएर सेवा शुरु गरेको खल्तीको पनि २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको खल्तीले जनाएको छ । खल्ती प्रयोगकर्ताहरुले विभिन्न किराना पसल, होटल, रेष्टुरेन्ट, फिल्म हल, सार्वजनिक यातायात, धार्मिक क्षेत्रलगायत अन्य व्यापारिक क्षेत्रमा निकै लोकप्रिय बनेको फोन पेको क्यूआर कोडबाट भुक्तानी गर्ने अवस्था थिएन । खल्तीमा विभिन्न खुद्रा पेमेन्ट तथा अनलाइन पेमेन्टहरु हुँदै आएको थियो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: