काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आव २०७२/ ७३ को नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले बुझिलिन बाँकी रहेकोले सोही लाभांश लिन अनुरोध गरेको हो ।
नगद लाभांश लिन बँँकी सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो परिचयपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय विजयपुर, कास्कीमा सम्पर्क राखी लिन सक्नेछन् । अन्यथा सो अवधिभित्र नगद लाभांश लिन नआएमा कम्पनी ऐन बमोजिम पाँच वर्ष पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले बताएको छ ।