Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेण्ट बैंकको नयाँ शाखा दमौलीमा विस्तार, अध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

अर्थ सरोकार

काठमाडौं । पोखराको सभा गृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले वुधबार तनहूँको व्यास नगरपालिका २, सफासडक, दमौलीमा शाखा कार्यालय विस्तार गरि सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको सुभारम्भ बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए । उक्त शाखा शुभारम्भ कार्यक्रममा वोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानिय स्तरवाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानिय वैंक भएको बताए ।
सोही कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बताए । साथै उनले नेपाल सरकारवाट ब्याज अनुदान प्राप्त हुने सहुलियतपुर्ण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलव्धी हासिल गरेको बताए ।
बैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक बैंकिङ्ग सुविधाहरु, मोवाईल बैंकिङ्ग, निःशुल्क एटिएम सेवा, आईपिएस, सि–आस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK