काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा हालसम्म ३ करोड ४१ लख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार बिहान १० बजेसम्ममा १ हजार २१ जनाले ३ लाख ४१ हजार ८८० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १०% अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन पाउनेछन् । यता, रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछन् ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओ छिटोमा फगुन १६ गतेसम्म र ढीलोमा चैत १ गतेसम्म खुला रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्