काठमाडौ । ग्रिनलाइनका संचालक अमित अग्रवाल पक्राउ परेका छन् । बैंकको ऋण नतिरी फरार रहेका र पछिल्लो समय नेपाल फर्किएका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो । व्यवसायी सन्जय अधिकारी र टंक शम्शेर जबराको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन्।
‘रेमण्ड सर्टिङ सुटिङ’ का आधिकारिक बिक्रेता रहेका अधिकारीलाई अग्रवालले ५० लाख रुपैयाँको चेक दिएका थिए भने टंकशम्शेर जबरालाई डेढ करोड रुपैयाँको चेक दिएका थिए । दुवै चेक नसटिएपछि उनीहरुले उजुरी दिएका थिए ।
अग्रवालमाथि अदालतबाट बैकिङ् कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अग्रवाल यसअघि चार बैंकको ऋण डुबाएर भागेर पनि केही समयअघि नेपाल फर्किएका थिए । उनको एभरेष्ट, मेगा, ग्लोबल आइएमइ र नेपाल इन्भेष्टमेन्ट बैंकको ८० करोडमाथि ऋण छ।
यद्यपि अग्रवालले पत्रकार सम्मेलन गर्दै बैंकहरुको ऋण किस्ता र अन्य साथीभाइ एवं साहूहरूको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको बताएका थिए । उनले बैंक तथा साहूहरूलाईसमेत संयमित भएर काम गर्न दिन आग्रह गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्