काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबीच सुचना आदानप्रदान र पारस्परिक सहयोगसम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा समितिका अध्यक्ष सूर्य सिलवाल र संस्थाका अध्यक्ष युद्धराज ओलीले हस्ताक्षर गरेका छन् । अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक, पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सम्झौता महत्वपूर्ण योगदान पुग्ने दाबी गरेका छन् ।
संस्थाका अध्यक्ष ओलीले बीमा कम्पनीहरुमा एनएफआरएसको कार्यान्वयन र सुशासन कायम गर्ने सन्दर्भमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण रहेको बताए । बीमा व्यवसायको दिगो विकासका लागि सहकार्य गर्ने, बीमा कम्पनीका वित्तीय गतिविधिहरुलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाई संस्थागत सुशासन कायम गर्ने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने उद्देश्यले बीमा समिति र संस्थाबीच सम्झौता भएको जनाइएको छ ।
सम्झौतापत्रमा बीमा कम्पनीहरुमा एनएफआरएसको कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यससम्बन्धी प्राविधिक परामर्श आदान प्रदान गर्ने, बीमा कम्पनीका वित्तीय विवरण तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषण सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बीमा कम्पनीका लेखापरीक्षणको राय तथा त्यसले पार्नसक्ने असरको विश्लेषण गर्ने सहकार्य गर्ने उल्लेख छ ।
यस्तै बीमा कम्पनी र कम्पनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाका सदस्यहरुलाई समिति वा संस्थाले गरेको कारवाहीका बारेमा एक आपसमा जानकारी गराई यस सम्बन्धमा आवश्यक सहकार्य गर्ने तथा संस्था र समितिबाट जारी भएका विभिन्न निर्देशिकाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्