×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारदेखि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री खुला हुने, १० कित्ता भरे पुग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबारदेखि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री खुला हुने, १० कित्ता भरे पुग्ने

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले भोलि बुधबारबाट ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सो आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो समयसम्ममा आइपीओ बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी