काठमाडौं । इमर्जिङ नेपालले आज बुधबार (माघ २६ गते)देखि ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा सो आइपीओ बिक्रीमा ल्याएको हो । जसमा २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ लाख ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले सो आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा आइपीओ बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्