×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमान्डर : जाल्पा लघुवित्तको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

GLOBAL IME BANK

लाष्ट रिमान्डर : जाल्पा लघुवित्तको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज मंगलबार जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ भर्ने अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयर आज कार्यालय समयसम्म लगानीकर्ताले भर्न पाउँनेछन् । कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो ।
यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतमा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । यता बिक्री प्रबन्धक प्रभु क्यापिटलले सोमबार दिउँसो ४.५० बजेसम्म २२ लाख २६ हजार ९६९ जना आवेदकबाट २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन परेको जनाएको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५६.१८ गुणा बढी हो ।\
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: