×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा सामुदायिक लघुवित्तको आइपिओमा अहिलसम्मकै सर्वाधिक आवेदन, २७ लाख ०६ हजार ७६७ जनाले भरे सेयर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जाल्पा सामुदायिक लघुवित्तको आइपिओमा अहिलसम्मकै सर्वाधिक आवेदन, २७ लाख ०६ हजार ७६७ जनाले भरे सेयर

२६ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा अहिलसम्मकै सर्वाधिक आवेदन परेको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिनसम्म ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको हो ।
मंगलबार अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ ।
निष्कासन गरिएको ५ लाख २२ हजार साधारण कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो । आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: