काठमाडौं । जानकी फाइनान्सले आफ्नो २५औं वार्षिक साधारणसभा भोलि शनिबार (फागुन ७ गते) बोलाएको छ । कम्पनीले सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे बोलाएको हो । सभाले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभाको लागि कम्पनीले फागुन ६ गते बुक क्लोज गर्नेछ । जस अनुसार फागुन ५ गतेसम्म कायम सेयरधनीले मात्र यो बोनस सुरक्षित गर्न सक्नेछन् ।