×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी फाइनान्सको १५.७८% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम अवसर, फागुन ७ गते हुँदैछ वार्षिक साधारणसभा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जानकी फाइनान्सको १५.७८% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम अवसर, फागुन ७ गते हुँदैछ वार्षिक साधारणसभा

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जानकी फाइनान्सको १५.७८% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । आज कारोबार समयसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश सुरक्षित गर्न सक्ने भएका हुन् । फागुन ७ मा वार्षिक साधारणसभा बोलाएको कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज गर्दैछ ।
सभामा कम्पनीले १५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैछ । ०.७८% नगद लाभांश (कर प्रयोजन) दिने प्रस्ताव पनि पेश गरिनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो । सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे सुरु हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: