Skip to content
LAXMI SUNRISE BANK

५२.८९% ले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानी ७० रुपैयाँ ९३ पैसा (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ५२.८९% ले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा बढेर ४ करोड १९ लाख ६३ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले २ करोड ७४ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २८.१८% ले बढेर ९ करोड ३२ लाख ५४ हाजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १७५.१६% ले बढेर ४ करोड ८० लाख २६ हजार रुपैयाँ पुगेको छ ।
यता पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७० रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १७ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK