Skip to content
LAXMI SUNRISE BANK

‘जेठ ४ गते स्थानीय तहको निर्वाचन हुन्छ’ : प्रधानमन्त्री

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताएका छन् । प्रधानमन्त्री देउवाले पार्टीको बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा जेठ ५ गतेबाट बहालवाल स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसअघि नै चुनाव गर्ने बताएका हुन् ।
त्यस्तै चुनावकै मितिको टुंगो लगाउन प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने गर्दैछन् । सोमबार बागमती कांग्रेसका पदाधिकारीहरू सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न गएका थिए। यता निर्वाचन आयोगले सरकारलाई स्थानीय चुनावको मिति तोक्न पटकपटक आग्रह गरिरहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK