×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोशी हाइड्रोपावरको स्थगित साधारणसभा फागुन ११ गते हुने, यस्ता छन् पेस हुने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जोशी हाइड्रोपावरको स्थगित साधारणसभा फागुन ११ गते हुने, यस्ता छन् पेस हुने एजेन्डाहरु

Artha Sarokar

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्थगित साधारणसभा फागुन ११ गते हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा गर्न लागेको हो । सभा लिसारा हल नक्साल काठमाडौंमा बिहान ११.३० बजे सुरु हुने भएको हो ।
सभामा ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । लाभांश वितरण प्रस्ताव भने छैन । यसैगरी, संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ । पुस २० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी