×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका, साधारणसभा कहिले ?

GLOBAL IME BANK
SHREE KESH

ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका, साधारणसभा कहिले ?

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभाका लागि कम्पनीले माघ २४ गते सोमबार बुक क्लोज गर्ने भएकाले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यस कम्पनीले ५% बोनस सेयर र कर प्रयोजनसहित ५.५२% नगद गरी कुल १०.५२% लाभांश दिन लागेको छ। आर्थिक वर्ष २०७६/७७ नाफाबाट यो लाभांश दिन लागिएको हो । लाभांश पारित गर्न यसले फागुन ६ गते शुक्रबार साधारण सभा बोलाएको छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइट पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: