×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा कालिका पावरको नाफा १७.१८% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दोस्रो त्रैमासमा कालिका पावरको नाफा १७.१८% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिका पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड २८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको सोहि अवधिको तुलनामा १७.१८% ले बढेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ३६ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.९५% ले बढेर ११ करोड ६१ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ११ करोड २७ लाख ७३ हजार रुपैयाँ कमाएको थियो । अन्य स्रोतबाट हुने आम्दानी १६१.८२% ले बढेर १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कालिका पावरको प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: