Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा, शाखा संजाल ५० जिल्लामा पुग्यो

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १४१औं शाखा काठमाडौं महानगरपालिका वडा न‌ं २९को डिल्लीबजारमा संचालनमा ल्याएको छ । डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK