×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंकलाई नाडाको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंकलाई नाडाको आग्रह

Artha Sarokar

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एलसी खोल्दा बैंकमा राखिने मार्जिन रकममा ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ । राष्ट्र बैंकलाई सुझाव पत्र पठाउँदै नाडाले यस्तो माग गरेको हो ।

हालै राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्ट्सको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको छ । यस्तो व्यवस्थाले सवारीसाधन लगायत स्पेयर पार्ट्सको आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्ट्सको मूल्य समेत बढ्न गई उपभोक्तालाई असर परेको नाडाले जनाएको छ ।

पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिन व्यवस्था नै कायम गर्न नाडाले सुझाव दिएको छ । यदी उक्त व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । साथै निक्षेपको ब्याजदर बढेसँगै बैंङ्क तथा वित्तीय संस्थाहरुले स्वभाविक रुपमा कर्जाको ब्याजदर पनि बढाउने भएकोले यसमा पुनर्विचारका लागि राष्ट्र बैंकसँग नाडाले अनुरोध गरेको छ । ब्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको नाडाको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी