×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको २१.०५% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको २१.०५% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को २१.०५% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । आज सम्म सेयर किन्नेले कम्पनीको २१.०५% लाभांश हात पार्न सक्ने भएका हुन् । फागुन ११ गते वार्षिक साधारणसभा बोलाएको कम्पनीले सोमबार (माघ २४ गते) बुक क्लोज गर्दैछ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २०% बोनस सेयर र कर तिर्न १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्दैछ । साथै, उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
 प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । साथै, १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि रहेको छ । सभा एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: