×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको १३% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी विकास बैंकको १३% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंकले १३% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले मंसिर २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर २६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले जानकारी दिएको छ । बैंकको पुस ९ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १३% बोनस सेयर र ०.६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: