×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्ये भोटेकोशी जलविद्युत ७७ लाख रुपैयाँ नोक्सानमा, रिजर्भ कोष २८ करोड ५ लाख रुपैयाँ ऋणात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मध्ये भोटेकोशी जलविद्युत ७७ लाख रुपैयाँ नोक्सानमा, रिजर्भ कोष २८ करोड ५ लाख रुपैयाँ ऋणात्मक

Artha Sarokar

२६ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी ७७ लाख २ हजार रुपैयाँ नोक्सानमा गएको छ । कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासससम्म आउँदा सो नोक्सानमा गएको हो । कम्पनी गत वर्ष २ करोड ३ लाख ७० हजार रुपैयाँ नोक्सानमा थियो ।
कम्पनीले १ करोड ९९ लाख १३ हजार रुपैयाँ ब्याज आम्दानी गरेपनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान २ करोड ७६ लाख २२ हजार रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ छ भने रिजर्भ कोष २८ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
यो कम्पनी दोस्रो त्रैमाससम्म प्रतिसेयर २६ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ पनि ९५ रुपैयाँ ३२ पैसामा सीमित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी