×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जना अख्तियारको फन्दामा, यसरी मिलेर लिएका थिए घुस…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जना अख्तियारको फन्दामा, यसरी मिलेर लिएका थिए घुस…

Artha Sarokar

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई घुससहित पक्राउ परेका छन् । अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित तीन जनालाई एक लाख ३५ हजार घुस सहित नियन्त्रणमा लिएको हो ।
आयोगको टंगालबाट खटिई गएको टोलीले खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत एक लाख ३५ हजार माग गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।
बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहितआयो नियन्त्रणमा लिएको हो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी