Skip to content
LAXMI SUNRISE BANK

थप चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार, कहाँ-कहाँ पुग्यो सेवा ?

अर्थ सरोकार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले चार वटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।
शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।
मेगा बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहँुच पु¥याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण माध्यमको रुपमा रही आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK