×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ महिनापछि खुलेको आइपीओ पनि भर्न सकस, मेरो सेयरको एप नचल्ने समस्या जस्ताको त्यस्तै, के हेर्दैछ सिडीएससी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

५ महिनापछि खुलेको आइपीओ पनि भर्न सकस, मेरो सेयरको एप नचल्ने समस्या जस्ताको त्यस्तै, के हेर्दैछ सिडीएससी ?

Artha Sarokar

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड लामो समय प्रमुख बिहिन हुँदा आइपीओ पनि पाइपलाइनमै रोकियो । पाँच महिनापछि बोर्डको संचालक समितिले आइपीओ निष्काशनका लागि आवेदन दिएका ६ कम्पनीलाई एकैसाथ आइपीओ निष्काशनको अनुमति दियो । यद्यपि  बोर्डमा अझै पनि प्रमुखको नियुक्ति हुन सकेको छैन ।
यता जाल्पा सामुदायिक लघुवित्तले आज शुक्रबारदेखि आइपीओ  बिक्रीमा ल्यायो । तर सर्वसाधारण सो भर्दा मेरो सेयर नचल्दा निकै दुख पाइरहेका छन् । लामो समय पर्खाइपछि आएको आइपीओसमेत भर्न नपाउँदा उनीहरु सिस्टम र सम्बधित निकायप्रति  आक्रोश व्यक्त गरिरहेका छन् । यद्यपि मेरो सेयर नचल्ने समस्या आजको मात्रै होइन । यो समस्या यसअघिका कम्पनीको आइपीओ खुल्दा पनि सर्वसाधारणकले  भोग्दै आइरहेका छन् ।
उता सरोकारवाला निकायले सिडीएससीले एकै पटक हजारौंले आवेदन दिँदा समस्या आएको बताउँदै आइरहेको छ । अहिले वेबसाइटबाट आवेदन दिन मिल्ने भए पनि त्यहाँ पनि सारै स्लो भएको धेरैले गुनासो गरेका छन् । साथै एप भने लग इन नै नभएको गुनासो आएको छ । जाल्पाले आजदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी