Skip to content
LAXMI SUNRISE BANK

सुदुरपश्चिमको डडेल्धुरामा कर्मचारीको क्षमता र सीप बढाउँदै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

अर्थ सरोकार

डडेल्धुरा । काभ्रेको बनेपास्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तेश्रो त्रैमासमा आफ्ना कर्मचारहिरुको क्षमता तथा सीप बृद्धिको लागि विभिन्न तालिमहरु संचालन गरिरहेको छ । शनिवार संस्थाले सुदुर पश्चिम प्रदेशको अमरगढी उप-प्रादेशिक कार्यालय मातहतका शाखाका कर्मचारीहरुलाई एक दिने क्षमता अभिबृद्धि तालिम डडेल्धुरास्थित होटल राइनोमा सम्पन्न गरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठ र अमरगढी उप प्रादेशिक कार्यालय प्रमुख तेज बहादर खत्रीले सहजिकरण गरेको उक्त तालिममा हालको वित्तीय बजारमा रहेको समस्याहरुको बारेमा जानकारी गराउँदै यस्तो समयमा व्यवस्थित शाखा संचालनका उपायहरु, गुणस्तरीय कर्जा तथा केन्द्र व्यवस्थापन लगायतको विषयमा तालिम दिइएको हो ।
शाखा प्रमुख र लेखापालहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा शाखाहरुको अर्धवार्षिक समिक्षासंगै नयाँ कार्ययोजनासमेत बनाएको उप प्रादेशिक कार्यालय अमरगढी प्रमुख तेज बहादुर खत्रीले जानकारी गराए ।
संस्थाले यस अघि मधेश प्रदेशमा र प्रदेश नं. १ मा पनि कर्मचारीहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिसकेको छ । कर्मचारीहरु दक्ष र सक्षम भएमा मात्र संस्था बलियो हुने भएकोले संस्थाले कर्मचारीहरुको वृत्ती विकासलाई पहिलो प्रथमिकतामा राखि नियमित यस्ता कार्यक्रमहरु संचालन गरिरहने जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK