×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ६२ हजार ४९८ कित्ता लिलामी सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ६५० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ, नक्साल काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: