×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदी मर्दी हाइड्रोपावरको नाफामा उछाल, १५७०.३८% ले नाफा बढाएर कमायो ४ करोड ७७ लाख रुपैयाँ

GLOBAL IME BANK
SHREE KESH

युनाइटेड इदी मर्दी हाइड्रोपावरको नाफामा उछाल, १५७०.३८% ले नाफा बढाएर कमायो ४ करोड ७७ लाख रुपैयाँ

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको नाफामा उछाल आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १५७०.३८% बढेर ४ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको जनाएको हो । गत वर्ष यसले २८ लाख ५७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी बढाएर ११ करोड ८ लाख रुपैयाँ पुर्याएको छ । जुन गत वर्षको सोहि अवधिमा ७ करोड ५१ लाख रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी ४२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा भने ४ करोड ८५ लाख रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: