काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा ३९.०३% ले घटेको छ । कम्पनीको नाफा १४ करोड ४१ लाख ८६ हजार रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २३ करोड ६५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता पुस मसान्तसम्म जीवन बिमा कोषको आकार २४.२०% ले बढेर ४७ अर्ब २१ करोड १२ लाख ३५ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन २४.०२% ले बढेर ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा छ ।